Thursday, October 17, 2013

बिमान दुर्घटनामा ४४ को मृत्यु

लाओस (रोयटर्स), आश्विन ३१ - खराब मौसममा उडेको लाओ एयरलाईन्सको बिमान मेकोङ नदिनमा दुर्घटना हुँदा बिमानमा रहेका सबै ४४ यात्रुको मृत्यु भएको छ । लाओसको राष्ट्रिय ध्वजावाहक बिमानमा १० देशका नागरिक थिए ।
लाओसको राजधानी भिन्टिनबाट उडेकेा बिमान त्यहाँको स्थानीय समयअनुसार बिहान ४ बजे गन्तव्य पाक्सेमा पुग्न ८ किलोमिटर बाँकी हुँदा दुर्घटना भएको हो । पाक्से थाईल्याण्ड र कम्बोडियाको सिमाना नजिकै पर्छ ।
एयरलाईन्सले बिज्ञप्ती जारी गर्दै दुर्घटनाको कारण पत्ता लागिनसकेको बताएको छ । खराब मौसमलाई दुर्घटनाको कारक ठानिएको छ ।
बिमानमा अधिकांश लाओसका थिए । बिमानमा सात फ्रान्सेली नागरिक पनि मारिएको बिदेश मन्त्री लउरेन्ट फाबियुसले बताए ।
दुर्घटनामा दक्षिण कोरियाली, अष्ट्रेयाली, क्यानेडियाली, ताईवानी, चिनियाँ, बर्मेली र भियतनामीसहित ५ जना थाई नागरिकको मृत्यु भएको थाईल्याण्डका विदेश मन्त्री तथा सरकारका प्रवक्ता सेक वान्नामेथेले बताए ।
कम्युनिष्ट शासित लाओसको राष्ट्रिय एयरलाईन्स सन् १९७६ देखि सञ्चालित छ ।

Wednesday, October 16, 2013

फिलिपिन्स भूकम्पमा मर्नेको संख्या १०० नाघ्यो

मनिला - जिवित मानिस भेटिने आशामा उद्दार टोली अहिले पनि फिलिपिन्सको भूकम्प प्रभावित क्षेत्रमा सक्रिय छ। अहिलेसम्म त्यहाँ १ सय ७ जनाको मृत्यू भएको पुष्टि भएको छ भने हजारौं घाइते भएका छन। सरकारी अधिकारीहरुले मृत्यू हुनेको संख्या थप माथि जानसक्ने बताएका छन्।

बोहोल टापुमा गत मंगलबार बिहान ७.२ म्याग्‍नेच्युड क्षमताको भूकम्प आएको थियो। भूकम्प पछि पर्यटकीय गन्तव्य मानिने यो टापुमा हजारौ मानिस सडकमा बसेका थिए। भूकम्पमा परी घर, सडक, चर्च र स्कुलहरुसमेत क्षतिग्रस्त भएका छन्। मुस्लिमहरुको चाँड इद अल अदाका कारण स्कुल तथा अफिसहरु बन्द थिए जसले मानवीय क्षतिलाई कम गरायो।